कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न

काठमाडौँ । कुमारी जबद्वारा सञ्चालित प्रोफेसनल एच आर ट्रेनिङ सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तिद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो ।
विभिन्न संघ संस्थामा कार्यरत अनुभवी व्यक्तिदेखि मानव संशोधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिको सहभागिता रहेको यस प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो । शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाइस प्रेसिडेण्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेललगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवी व्यक्तिद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।
‘नेपालको मानव संशोधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाँै, र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ, मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीले अझै धेरै काम लाग्ने कुरा सिक्नु भएको छ,’ कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘जुन उहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्य स्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नु हुनेछ, यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर व्यक्तिगत सीप मात्र विकास नगरी संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’
तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया