कांग्रेस नेता शेखर कोइरालाको भेलामा को-को सहभागी ? (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला निकट नेताको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताकाो भेला भइरहेको हो ।
भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा. रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफू पक्षीय भेला राखेका हुन् । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभाग गठन भइसक्नु पर्ने विधानमा व्यवस्था छ ।
कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् । जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०–४० को भागबण्डा गर्नु पर्ने विषय उठाउने एक नेताले जानकारी दिए ।























६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया