मंगलबार, वैशाख ९, २०८२

विभूषणमा प्रयोग हुने सुनको परिमाण घट्यो, कुनमा कति ?(सूचीसहित)

मेरोन्यूज २०७९ असार १७ गते १३:५१

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ । गत मंगलबार (१४ असारमा) बसेको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर विभिन्न किसिमका विभूषण घोषणा गर्ने गरेको छ । त्यसमा देश र जनताका लागि उल्लेखनीय कार्य गरेको व्यक्तिलाई विभूषणद्वारा सरकारले सम्मान गर्ने गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित विभूषण (पहिलो संशोधन) नियमावली २०७७ अनुसार सरकारले हरेक वर्ष १ सय मानपदवी, ५० अलंकार र ५० पदक वितरण गर्दै आएको छ। यस्तै नेपाल रत्न एक र २ वटा राष्ट्र गौरव पदक वितरण गर्दै आएको छ।

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय भएको भएता पनि कुन विभुषणमा कति घटाईने भन्ने कुरा भने सरकारले सार्वजनिक गरिसकेको छैन । यद्यपी सरकारले कुनमा कति घटाउने भन्ने निर्धारण गरिसकेको छ ।

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणम घटाएको भएता पनि हिरा र चाँदीको मुल्य भने जस्ताको तस्तै राखेको छ ।

कुन पदकमा कति सुनको परिणाम घटाइदै छ भन्ने सुची मेरोन्यूजले प्राप्त गरेको छ । प्राप्त विवरण अनुसार नेपाल रत्न, राष्ट्रि गौरव, महाउज्वल राष्ट्रदीप प्रथम श्रेणी, उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी, कीर्तिमय राष्ट्रदीप चतुर्थ क्षेणी, राष्ट्रदीप पञ्चम श्रेणी, जनसेवाश्री तर्फ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम क्षेणी, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी र सुप्रवल जनसेवाश्री तृतीय श्रेणीमा प्रगोग हुने सुनको मात्रा घटनाईएको छ ।

कुनमा कति सुनको परिणाम घटाइदै छ ? (सुचिसहित)

प्रतिक्रिया