काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ, नेपालमा भइरहेको कटुसको आयात । नेपालका वन जंगलमा सहज रूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।
नेपालीले विशेष गरी भाइ टीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर, त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।
व्यावसायिक रूपमा खेती गर्नु नपर्ने, वन जंगलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्य मात्रै ४९ हजार बराबर छ । सानो परिमाण भए यसबाट विदेशी मुद्रा थप विदेशिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७८६ किलो काजु आयात भएको छ । उक्त परिमाणमा काजु आयात गर्नका लागि एक अर्ब ११ करोड ९२ लाख ७६ हजार खर्च भएको छ । त्यसबाट सरकारले ३४ करोड ४७ लाख ३९ हजार राजस्व संकलन गरेको छ ।
भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार किलो काजु भित्रिएको छ ।
त्यस्तै, चालु आवको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ । अमेरिकाबाट मात्रै १२ लाख पाँच हजार ३०२ किलो बदाम ७६ करोड ६८ लाख ८० हजार मूल्य बराबरको भित्रिएको छ ।
अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुन सक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।
७० करोड ओखर आयात
विभागका अनुसार यस अवधिमा ६९ करोड ६० लाख ४९ हजार मूल्यमा २२ लाख ७७ हजार ५३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानु पर्ने अवस्थाले नेपालको परनिर्भरता झनै बढेर गएको हो ।
ओखर आयात गर्दा मात्रै मुलुकले २१ करोड ५२ लाख ८३ हजार रकम राजस्व संकलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्यांक छ । चालु आवको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६७९ किलो ओखर ६३ करोड १० लाख ७८ हजार मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भारतलगायतका अन्य देशबाट आयात भएको छ ।
त्यस्तै, ६ करोड ३७ लाख ६१ हजार मूल्यमा कूल ६ लाख ९४ हजार २२३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा चार करोड १३ लाख ७३ हजार बराबरका छन् । ताजा छोकडा दुई करोड २३ लाख ८८ हजारका बराबरका छन् ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया