सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।
सेञ्चुरी बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको हो ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैंकका कर्मचारीलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका थिए ।
सेञ्चुरी बैंक हाल १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।















इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया