बिहीबार, फागुन २८, २०८२

थाई स्माइलको काठमाडौँ-बैंकक उडान सुरु

मेरोन्यूज २०७९ असार १७ गते १९:०४

काठमाडौँ । सम्पूर्ण वायु सेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौँदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुरु गरेको छ । असार १७ देखि काठमाडौँ–बैङ्कक दुईतर्फी हवाई सेवा प्रारम्भ भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सोही मितिदेखि दैनिक काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटका लागि तोकिएको एयरबस ३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ । जसमा अन बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) रहेको छ ।

थाई स्माइलले थाइल्याण्डको फुकेट र पटायालगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलमा उडान भर्छ । थाई एयरवेज अन्तर्राष्ट्रिले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता गन्तव्यमा सेवा प्रदान गर्दछ । आरआर ग्रुप अफ कम्पनिजअन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइज्युले भने, ‘काठमाडौँ–बैङ्कक हवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ, यसले निश्चित रूपमा बैङ्कक र एशियाका अन्य प्रमुख शहरबीच बढ्दै गइरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउने छ ।’

प्रतिक्रिया