बैतडीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर
काठमाडौँ । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । पाटन नगरपालिकाको सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन् ।
सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिए । उनले भने, ‘बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, लुतो, श्वासप्रश्वासको समस्या देखिएको छ, हामीले निःशुल्क औषधि वितरणका साथै परामर्श पनि दिएका छौँ ।’
शिविरमा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच, परामर्श सेवा र निःशुल्क औषधिसमेत वितरण गरिएको छ । दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकलाई घरपायकमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया