बुधबार, वैशाख २३, २०८३

बालबालिकाका लागि २३ लाख खोप काठमाडौं आइपुग्यो

मेरोन्यूज २०७९ असार १९ गते १३:४९


काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ। आइतबार बिहान कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई २७ जिल्लाका पहिलो मात्रा दिईरहेको छ । पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिएको छ।

Advertisement
NiccNicc

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ।
देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ।

प्रतिक्रिया