सेवालाई प्राथमिकतामा राखेर काम गर्नुस् : स्वास्थ्य राज्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य सेवा विभागले आज आयोजना गरेको विभागअन्तर्गतका मुख्य कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री केसीले यस्तो बताएका हुन् ।
उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौं, विभागको स्तरोन्नतीका लागि के गर्नु पर्छ योजना बनाउनुस्, सदैव सकारात्मक सहयोग रहन्छ, तर आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुस् ।’
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनु पर्ने बताए । केसीले भने, ‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नु पर्छ, अहिले नागरिकहरु स्वास्थ्य सेवा सहज तरिकाले नपाएर भौतारिनु पर्ने अवस्था छ, यो अवस्थाको हल गर्नु पर्ने आजको आवश्यकता हो । ’
‘आफ्नो ठाउँमा आफूले पाएको जिम्मेवारी लगनशीलताका साथ गर्नु भएको छ, केही कुरा नमिलेको जस्तो लाग्छ,’ उनले भने, धेरै ठाउँमा समस्या देखिन्छ, स्वास्थ्य मन्त्रालयमा अलिक समस्या देख्छु, थुप्रै नमिलेको देख्छु, मलाई कुनै स्वार्थ छैन ।’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विभागअन्तर्गतका मुख्य कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया