४४ वर्षअघि लेखिएको म्यासेज फेला परेपछि…
न्युयोर्क । वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ । भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबु छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन् ।
सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको पेप्सीको बोतल भेट्टाएका थिए । बोतललाई नदीको छालले किनारमा धकेलेको उनको अनुमान छ ।
बोतलभित्र एउटा नोट फेला परेको थियो । उक्त नोट बालकले लेखेको प्रष्टै चिनिन्थ्यिो । नोटमा फोन नम्बर पनि समावेश थियो । नोटमा ‘डोन केनड्रिक’ लेखिएको थियो । फोन नम्बर ‘एक्सपायर’ भएकाले त्यसबाट सम्पर्क असम्भव थियो । तर, डेलिगेकी श्रीमती मेगन डेलिगेले फेसबुकमा त्यो नोटबारे फोटो पोस्ट गरिन् । उनको पोस्ट एक घण्टा भित्र सयौं पटक सेयर गरियो ।
सेयर भएको पोस्टले ट्रेसी केन्ड्रिकको ध्यान खिच्यो । उनका पति, डनले ४४ वर्ष पहिले तीनवटा सन्देशसहित बोतल नदीमा फ्याँकेका थिए । बोतल फाल्दा उनी १२ वर्षका थिए ।
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया