नवीनतम सोचको कर्मचारीमा १० जना छनोट

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा संचालन गरेको निजामती कर्मचारीको नविन सोच प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारीमा रहेको नवीनतम सोचलाई प्रस्फुटन गरी कर्मचारीहरुबीच उत्कृष्ट अभ्यास सिर्जना गर्ने प्रमुख उद्देश्य रहेको कार्यक्रममा देशभिरबाट प्राप्त ३४ वटा आइडिया मध्यबाट उत्कृष्ट १० विचारकले आफ्नो सोच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्त्रालयका माननीय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव, शंकरदास बैरागी, मन्त्रालयका सचिव सुरेश अधिकारी, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीलगायत झण्डै तीन सय जनाको उपस्थिति थियो ।
कार्यक्रमको निर्णायक मण्डलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याल, नेपाल सरकारका पूर्व सचिव बेगेन्द्रराज शर्मा पौडेल र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह संथापक डा. छिरिङ लामा रहेका थिए ।
नेपाल सरकारका मुख्य सचिव बैरागीले कार्यक्रमलाई सम्बोधन गर्दै “प्रतिभा डबली वा प्रतिभा प्रतिस्पर्दा देश र निजामती कर्मचारीका लागी नौलो सुरुवात रहेको जानकारी गराउँदै कर्मचारीसँग नयाँ विचार र क्षमताको कमी नभएको साथै देशलाई सकारात्मकतर्फ लैजाने क्षमता भएको तथ्यलाई जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा दस जना सहभागीको मूल्याङ्कनलाई जोडिएको थियो जसमा चार जना प्रस्तोताले पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई क्रमश पचास हजार, चालिस हजार र तस हजारसँगै सम्मान पत्र दिएको थियो । बाँकी छ जना सहभागी प्रतिस्पर्धीलाई प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा कृषि विभागका अरुण जीसी, लोक सेवा आयोग बुटवलका विजयकुमार रमतेल, ललितपुर महानगरपालिकाका विजेता सुवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका विश्व मंगल शर्मा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयकी ज्ञानी कुमारी थापा, भीमेश्वर नगरपालिका दोलखाका मानबहादुर खड्का, राष्ट्रिय योजना आयोगका नवराज पराजुली, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नशिव आचार्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रमोद नेपाल, जल तथा मौसम विज्ञान विभागका राम प्रसाद अवस्थी रहेका थिए ।
उनीहरुमध्ये कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य पहिलो, भीमेश्वर नगरपालिका दोलखाका उपसचिव मान बहादुर खड्का दोस्रो कृषि विभागका कृषि प्रसार अधिकारी अरुण जीसी र ललितपुर महानगरपालिका विजेता सुवेदी रहेका थिए ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया