व्यास नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा

काठमाडौँ । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका १६ महिनादेखि २३ महिनासम्मका आठ सय २७ बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । १६ महिनादेखि २३ महिनासम्मका सात जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरूलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घोषणा मात्रै ठूलो कुरा नभएकाले यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् । ‘पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नका लागि नगरपालिका प्रतिबद्ध छ,’ उनले भने ।
जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भानु नगरपालिका, आँबुखैरेनी कार्यालय, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि कार्यालयलाई अनुरोध गरेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया