सवारी दुर्घटनामा परी इजिप्टमा ८ को मृत्यु, ४४ घाइते
मेरोन्यूज
२०७९ असार २३ गते २१:२३
काठमाडौँ । सवारी दुर्घटनामा परी इजिप्टमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहीबार भएको घटनाका कारण अरु ४४ जना घाइते भएको अधिकारीले जनाएका छन् ।
घाइतेको स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । दक्षिणी इजिप्टमा ट्रक र बस एक आपसमा ठोक्किँएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको बसमा ५६ जना यात्रु थिए । उनीहरू सुडानबाट आएका हुन । दुर्घटनामा परेका अधिकांश सुडानका नागरिक नै रहेको जनाइएको छ ।
ट्राफिक नियमको कार्यान्वयनमा कमजोरी, बाटोको नराम्रो अवस्था, मर्मत नगरिएका सवारी साधनको प्रयोगलगायतका कारणले इजिप्टका सवारी दुर्घटना धेरै हुने गरेका छन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया