कुकुरको टोकाइबाट बैतडीमा लेखापालको मृत्यु
मेरोन्यूज
२०७९ असार २४ गते १९:४१

बैतडी । जिल्लामा कुकुरको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका ७ स्थित बालकृष्ण माध्यमिक विद्यालयका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउद रहेका छन् ।
उनलाई तीन महिना पहिले कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि उनको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको थियो । उनलाई गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो ।
जाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए । परिवारका अन्य सदस्यलाई कुकुरले टोकेको आफन्त सूर्यबहादुर बोहराले बताए ।
सम्बन्धित















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया