श्रीलंकाको राष्ट्रपति भवनमा के गर्दै छन् प्रर्दशनकारी ? कहाँ पुगे गोटाबाया ?

काठमाडौँ । श्रीलंकामा जारी आर्थिक र राजनीतिक संकटबीच लगानी प्रबर्द्धन मन्त्री धम्मिका परेराले पदबाट राजीनामा दिएका छन् । पछिल्लो दुई महिनामा पदबाट राजीनामा दिने उनी चौथो मन्त्री हुन् ।
यता, प्रधानसेनापति शवेन्द्र सिल्वाले देशमा शान्ति स्थापना गर्न सुरक्षा निकाय र प्रहरीलाई सहयोग गर्न जनतालाई अपिल गरेका छन् । श्रीलंकामा आर्थिक र राजनीतिक संकटको विरोधमा उत्रिएका प्रदर्शनकारीले हिजो प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले प्रधानमन्त्रीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाको भिडियो खिच्ने क्रममा प्रहरीले जबरजस्ती मानिसको क्यामेरा बन्द गरेको थियो।
यस्तै, आन्दोलनकारीले राष्ट्रपति गोटबायाको निवास कब्जा गरी मस्ती गरिरहेका छन् । अर्कोतर्फ ११६ दिनपछि शनिबार आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका छन् ।

यसैबीच राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने निर्णय गरेका छन् । यसअघि उनका दाजु महिन्द्रा राजापाक्षेले मे महिनामा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध यसै वर्ष मार्च १५ मा प्रदर्शन सुरु भएको थियो।
कहाँ बेपत्ता भए राष्ट्रपति ?
श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि सबैको मनमा एउटै प्रश्न उब्जिएको छ, गोटाबाया कहाँ हराए ?
स्थानीय सञ्चार माध्यमका अनुसार गोटाबायाले शुक्रबार राष्ट्रपति निवासमा इरानी राजदूतलाई भेटेका थिए । यसपछि उनको बारेमा कुनै जानकारी आएको छैन ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया