श्रीलंकाको राष्ट्रपति भवनमा के गर्दै छन् प्रर्दशनकारी ? कहाँ पुगे गोटाबाया ?

काठमाडौँ । श्रीलंकामा जारी आर्थिक र राजनीतिक संकटबीच लगानी प्रबर्द्धन मन्त्री धम्मिका परेराले पदबाट राजीनामा दिएका छन् । पछिल्लो दुई महिनामा पदबाट राजीनामा दिने उनी चौथो मन्त्री हुन् ।
यता, प्रधानसेनापति शवेन्द्र सिल्वाले देशमा शान्ति स्थापना गर्न सुरक्षा निकाय र प्रहरीलाई सहयोग गर्न जनतालाई अपिल गरेका छन् । श्रीलंकामा आर्थिक र राजनीतिक संकटको विरोधमा उत्रिएका प्रदर्शनकारीले हिजो प्रधानमन्त्रीको निजी घरमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले प्रधानमन्त्रीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाको भिडियो खिच्ने क्रममा प्रहरीले जबरजस्ती मानिसको क्यामेरा बन्द गरेको थियो।
यस्तै, आन्दोलनकारीले राष्ट्रपति गोटबायाको निवास कब्जा गरी मस्ती गरिरहेका छन् । अर्कोतर्फ ११६ दिनपछि शनिबार आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका छन् ।

यसैबीच राष्ट्रपति गोटाबायाले जुलाई १३ मा राजीनामा दिने निर्णय गरेका छन् । यसअघि उनका दाजु महिन्द्रा राजापाक्षेले मे महिनामा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध यसै वर्ष मार्च १५ मा प्रदर्शन सुरु भएको थियो।
कहाँ बेपत्ता भए राष्ट्रपति ?
श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि सबैको मनमा एउटै प्रश्न उब्जिएको छ, गोटाबाया कहाँ हराए ?
स्थानीय सञ्चार माध्यमका अनुसार गोटाबायाले शुक्रबार राष्ट्रपति निवासमा इरानी राजदूतलाई भेटेका थिए । यसपछि उनको बारेमा कुनै जानकारी आएको छैन ।










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया