ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २६ गते २१:३०
काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा आइतबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिक ४ की ५५ वर्षीया जयमुन खातुन रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ त २१५८ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ९३९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५५ वर्षीया खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मियाँ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका जुमरातको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोची जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया