बागलुङमा डेंगु भेटियो

बेनी । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । गर्मीबढेसंगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो ।
धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा लक्षण देखिए पछि परीक्षण गर्दा डेंगु पुष्टि अएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए । उनीहरु शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । सङ्क्रमित बागलुङ नगरपालिका वडा नं ७ का र ९ रहेका छन् । ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुँनेगरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया