प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ ।
भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।
प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयक बारे छलफल गरेको थियो ।
उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा बद्रि केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।
विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया