प्रधानाध्यापकसहित दुई जनाविरुद्ध घुस लिएको आरोप
काठमाडौँ । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको छ ।
श्री मावि एकडारामा कार्यारत दुवै जना सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा १९ जेठमा पक्राउ परेका थिए । उक्त रकम घुस नै भएको अख्तियारले पुष्टि गरेको हो ।
विद्यालययको खेलकुद मैदान स्त्ररोन्ति गर्ने क्रममा विभिन्न बाहानामा काम गर्न नदिएर अध्यक्ष र प्रधानध्यापकले ५० हजार घुस लिएको आरोप लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र टंगालबाट खटिएको टोलीले ५० हजार घुस लिइसकेपछि पक्राउ परेका आरोपितद्वयलाई कारवाहीको लागि आजै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पुष्टि भएसँगै निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ (१) बमोजिमको कसुर भएको हुँदा सोहीअनुसार कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम भण्डारीले जानकारी दिए ।
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया