तत्कालीन गाविस सचिवविरुद्ध साढे ७ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा दायर
मेरोन्यूज
२०७९ असार २८ गते १७:१६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले सर्वाजनिक सम्पत्ति नोक्सानी गरी भ्रष्टाचार गरेको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दायर गरिएको मुद्दामा झासँग ७ लाख ५१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । उनले विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा तत्कालीन गाविस झाले ७ लाख ५१ हजार रुपैयाँ विभिन्न व्यक्तिको नाममा निकाली सरकारी रकम हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले विज्ञप्ति जारी गरी जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया