राष्ट्रपति र चिनियाँ नेताबीच शित्तलनिवासमा भेटवार्ता शुरु
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ चियानछाओ नेतृत्वको टोली राष्ट्रपति कार्यालय शित्तल निवास पुगेको छ । शित्तल निवासमा अहिले केही बेर देखि राष्ट्रपति विधादेवी भण्डारी र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउवीच भेटवार्ता शुरु भएको हो ।
यो भेट अगाडी चिनियाँ नेताहरुले बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ८ भंगालमा एमालेका स्थानीय नेताहरुसँग भेटघाट गरेका थिए । राष्ट्रपतिसँगको भेटपति लिउ नेतृत्वको टोलीले माओवादी केन्द्रका स्थानीय नेताहरुसँग भेटन अनामनगरमा रहेको पार्टीको क्षेत्रयि कार्यालयमा भेट गर्नेछ ।
लिउ नेतृत्वको टोली आजै स्वदेश फर्किनेछ । आइतबार नेपाल भ्रमणमा आएको टोलीले सोही दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, परराष्टमन्त्री नारायण खड्का सँग भेटवार्ता गरेका थिए ।
सोमबार उनले माओवादी केन्द्रका अध्यष प्रचण्ड सहितको माओवादी टोलीसँग भेट गरेका थिए । मंगलबार एमाले अध्यक्ष केपी ओलीसहितका नेता, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधव नेपालसँग भेट गरेका थिए ।
भेटमा चिनियाँ टोलीले मुख्यत ४ वटा सन्देश दिइरहेका छन् ।
पहिलो , नेपाल अमेरिकातिर नढल्कियोस् भन्ने हो, दोस्रो, चीनविरोधी गतिविधि हुन भएन, तेस्रो, वामपन्थीहरू मिल्ने दिशातिर जानुपर्ने र चौथो, यही गठबन्धन कायम रहे आगामी निर्वाचनमा कांग्रेसको नेतृत्वमा सरकार हुने सम्भावना भएकाले सम्बन्ध बढाइराख्नुपर्छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया