कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २९ गते १४:५३

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९ मा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अर्का मोटरसाइकल चालक सहित तीन जनालाई उपचारको लागि विभिन्न अस्पताल पठाइएको छ ।
घाइते मध्ये ११४७ नम्बरको मोटरसाइकल पछाडि सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित
















बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया