कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २९ गते १४:५३

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९ मा गएराती दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाउँपालिका–८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अर्का मोटरसाइकल चालक सहित तीन जनालाई उपचारको लागि विभिन्न अस्पताल पठाइएको छ ।
घाइते मध्ये ११४७ नम्बरको मोटरसाइकल पछाडि सवार कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित















पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया