दाइजो प्रथाविरुद्ध दुई छोरीले भरेको चेतना र परिवर्तनको चित्रण ‘युगारम्भ’ सार्वजनिक

काठमाडौं । दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै पूर्ण हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।
विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।
मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्नतः समाजले कसरी साथ दिन्छ । उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।
‘यो पुस्तक लेख्ने जमर्को गर्दा हाम्रो मुलुकको तराई भाग आन्दोलित थियो । मलाई लाग्यो, राजनीतिक समस्या त विभिन्न रूपले सत्ताको द्वन्द्वबाट उब्जिने व्याधी हो । राजनीतिक समस्याको राजनीतिक रूपले नै सधैँ दिगो समाधान निस्कन सक्दैन । एउटै भूगोल र एउटै राष्ट्रियता भएपछि यसको समाधान त बरु सांस्कृतिक रूपले नै दिगो हुन सक्ला । यसैले नै राष्ट्र बलियो पनि बन्छ । यसै कुरामा पत्यार लागेर किताब लेख्न वैचारिक दिशानिर्देश भयो,’ लेखक विजय खरेलले भने ।
२००३ सालमा जन्मिएका खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउछँन् । उनले २०६४ सालदेखि लेखन कार्य सुरु गरेको हुन् । हालसम्म उनका १० भन्दा बढी कृति प्रकाशित छन् । वी रिडले प्रकाशन गरेको २१६ पृष्ठको उपन्यासको मूल्य ४७५ रुपैयाँ रहेको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया