शुक्रबार, माघ ९, २०८२

नेपाल प्रहरीका ३६ डिएसपीको एसपी बढुवामा सिफारिस (सूचीसहित)

मेरोन्यूज २०७९ असार २९ गते १५:५७

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले ३६ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल छन् । सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया