सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई सहयोग

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७९ आषाढ २९ गते बुधबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. पाँच लाख छ हजार दुई सय पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको श्री अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ । उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीहरुलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जानेछ ।















स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
लागुऔषधसहित एक्काइस जना पक्राउ
स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया