पार्टीको नाम दुरूपयोग गरेकामा राप्रपाले चार नेतासँग स्पष्टीकरण सोध्ने

काठमडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नाम दुरूपयोग गर्दै छुट्टै भेला गरेको भन्दै चार जना नेतालाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले चार जना नेताहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै चार जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिका अनुसार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
राप्रपाको एकतामा आँच आउने गरी केही व्यक्तिहरूले पार्टीको नामको दुरूपयोग गरी भेला गरेको हुँदा अनुशासनहीन गतिविधि गर्नेलाई कुनै हालतमा छुट नहुने पार्टीले बताएको छ।
‘पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै राप्रपा पार्टीको नेतृत्व पंक्ति पूर्ण रूपले एकताबद्ध रहेको समेत प्रस्ट्याएको छ। राप्रपाका महामन्त्रीद्वय कुन्तिकुमारी शाही र राजेन्द्र गुरूङको नाम जोडेर सामाजिक सञ्जालमा चरित्र हत्या गरी समाचारहरू लेखिएको भन्दै राप्रपाले पनि आपत्ति जनाएको छ।

















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया