सञ्चार रजिष्ट्रारको अधिकार कटौती नगर्ने सहमति
सञ्चार रजिष्ट्रारको अधिकार कटौती नगर्ने गरी प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको बिधेयकलाई प्रदेशसभामा पेश गर्न सिफारिस

हेटौडा । प्रदेश मामिला समिति बागमतीले सञ्चार रजिष्ट्रारको अधिकार कटौती नगर्ने गरी प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन गर्न बनेको बिधेयकलाई प्रदेशसभामा पेश गर्न सिफारिस गरेको छ ।
सञ्चार रजिष्ट्रारले प्रयोग गर्दै आएको अधिकार कटौती गरी कर्मचारीलाई सह रजिष्ट्रार बनाएर अधिकार केन्द्रित गरेर आन्तरिक मामिला तथा कानून मन्त्रालयले संशोधन बिधेयक प्रदेशसभामा टेवल गराएको थियो ।
प्रदेशसभाले उक्त संशोधन बिधेयक माथि छलफल गरी पेश गर्न प्रदेश मामिला समितिमा पठाएको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको कार्यकालमा सञ्चार रजिष्ट्रारलाई कार्यकारी भूमिका दिएर कानून बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारको लागि संघर्ष गर्नु पर्नेमा अधिकार कटौती गर्न थालिएपछि प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन बिधेयक माथि पक्ष विपक्षमा छलफल हुँदै आएको थियो । बागमती प्रदेशमा सञ्चार रजिष्ट्रारको नियुक्ति र कार्यालय स्थापनापछि शुरु भएको सेवा प्रवाहबाट सेवा लिने सेवाग्राहीको संख्या एक हजार भन्दा बढी भइसकेको छ ।
सञ्चार रजिष्ट्रार कार्यालयले करीव एक सय वटा एफ रेडियो र ३७ वटा केवल टेलिभिजनको नियमन तथा नविकरण गर्दै आएको छ । बागमती प्रदेशमा एक सय ३१ वटा अनलाइन सञ्चार माध्यम अभिलेखीकरण भएका छन् । सात सय भन्दा बढी पत्रकार परिचयपत्र बागमती प्रदेशबाट जारी भएका छन् ।
प्रदेशका सूचना एकद्धार प्रणालीबाट नागरिकले प्राप्त गर्ने गरी सञ्चार रजिष्ट्रार कार्यालयले सूचना बैंक सञ्चालन गरेको छ । सो कार्यालयले करीव दुई सय जना पत्रकारलाई क्षमताबृद्धिका आधुनिक तालिम सञ्चालन गरेको छ । मुलुक प्रादेशिक संरचनामा गएपछि सञ्चारको क्षेत्रमा संघीयताको पहिलो अभ्यास गर्ने बागमती प्रदेश हो । बागमती प्रदेशमा भएका सकारात्मक कार्यले अन्य प्रदेशमा बागमती प्रदेशको जस्तै कानून बनाउने प्रक्रिया शुरु भएको छ । लुम्बिनी प्रदेशसभाबाट सञ्चार सम्बन्धी कानून पारित भएको छ । लुम्बिनी प्रदेशमा सञ्चार रजिष्ट्रार नियुक्तिको प्रक्रिया अगाडि बढदैछ ।

प्रदेश मामिला समितिका सभापति माधव पौडेलको अध्यक्षतामा बिहिबार हेटौडामा बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐनको मूल मर्म र भावना बिपरित सञ्चार रजिष्ट्रारको अधिकार खोसेर कर्मचारीमा सुम्पने नरहेको ठहर गरेको छ । प्रस्तावित बिधेयकमा सञ्चार रजिष्ट्रारले अभ्यास गर्दै आएका सात वटा अधिकार खोसेर कर्मचारीलाई सुम्पने व्यवस्था गरिएको थियो ।
दैनिक एवं प्रशासन हेर्ने प्रशासकीय प्रमुखको रुपमा कम्तिमा नवौ तह वा सो सरहको एक निर्देशक रहने तर नवौ तह वा सो सरहको कर्मचारी उपलब्ध नभएमा मन्त्रालयको बरिष्ठ अधिकृतस्तरको कुनै कर्मचारलिाई निर्देशकको रुपमा जिम्मेवारी तोक्न सक्ने व्यवस्था प्रस्तावित बिधेयकमा गरिएको थियो ।
सञ्चार रजिष्ट्रार कार्यालयको दैनिक प्रशासनिक तथा आर्थिक कार्य गर्ने गराउने, कार्यालयको नीति तथा कार्यक्रम, बजेट तर्जुमा गरी स्वीकृतिको लागि सञ्चार रजिष्ट्रार समक्ष पेश गर्ने, बजेट खर्च गर्ने, खर्चको लेखा राखेर लेखा परिक्षण गराउने, पत्रपत्रिका, अनलाइन सञ्चार माध्यम, रेडियो, टेलिभिजन, केवल टेलिभिजनको दर्ता, अनुमतिपत्र, नवीकरण,वर्गीकरण,खारेजी, नियमनका लागि सञ्चार रजिष्ट्रारलाई सहयोग गर्ने, मन्त्रालय एवं सञ्चार रजिष्ट्रारबाट प्राप्त निर्देशन एवं निर्णयको कार्यान्वयन गर्ने गराउने, आफूलाई प्राप्त अधिकार मातहतका अन्य कर्मचारीलाई प्रत्यायोजन गर्ने, तोकिएका अन्य कार्य गर्ने जिम्मेवारी निर्देशक कर्मचारीलाई दिन प्रस्ताव गरिएको थियो ।
ऐन र नियमावली बिपरित कार्य गर्ने सञ्चार माध्यम र पत्रकारलाई एक बर्षसम्म कैद गर्ने पूरानो व्यवस्थालाई समितिको बैठकले हटाउने निर्णय गरेको छ । अव ऐनमा कैद सजाय रहने छैन, जरिवाना मात्रै रहनेछ । एक पटक कार्वाहीमा परेको सञ्चार माध्यमले पुन सोही प्रकृतिको कार्य गरेमा इजाजतपत्र वा अनुमति पत्र रद्द गर्न मन्त्रालयमा पठाउने प्रस्तावित व्यवस्थालाई पनि समितिले हटाएको छ । त्यस्तो सञ्चार संस्थाको अनुमति पत्र रद्द गरी चार बर्षसम्म प्रदेश भित्र कुनै पनि किसिमको सञ्चार माध्यम सञ्चालन गर्न नपाउने प्रस्तावित व्यवस्थालाई पनि समितिले हटाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनाल, मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा, कानूनका उपसचिव नारानप्रसाद पोखरेल, सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, पत्रकारद्धय रामकुमार ऐलन र नवराज छन्तकुली पनि समितिको बैठकमा सहभागी भएका थिए ।
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया