करदाता ४० लाख पुगे
काठमाडौँ । करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७–७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।
प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क तीनवटै समूहका करदाताको संख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।
आव २०७६–७७ को तुलनामा चालु आव २०७७–७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तशुल्क इजाजत पत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि भएको हो । यो वर्ष आयाकरतर्फ स्थायी लेखा नम्बर लिनेको संख्या छ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।
यस्तै, मूल्य अभिवृद्धितर्फ करमा दर्ता हुनेको संख्या दुई लाख ६८ हजार ४३६ पुगेको छ । अन्तशुल्क इजाजत पत्र लिनेको संख्या एक लाख तीन हजार ४२३ पुगेको छ ।
















नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
आज २०८२ साल माघ २७ गते मंगलबारको राशिफल
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
प्रतिक्रिया