शुक्रबार, वैशाख १८, २०८३

देशभित्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि गठबन्धन हुन्छ : परराष्ट्रमन्त्री

मेरोन्यूज २०७९ असार ३० गते १६:०६

काठमाडौँ । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले राजनीतिक दलबीच गठबन्धन स्वाभाविक भएको बताएका छन् । उनले गठबन्धन राजनीतिक दलमात्रै नभई अन्तरेराष्ट्रिय स्तरमा पनि हुने बताए ।

Advertisement
NiccNicc

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै खड्काले विचार मिल्ने देशबीच समेत गठबन्धन हुने गरेको उल्लेख गर्दै देशभित्रै विचार नमिल्ने पार्टीसँग गठबन्धन हुनु स्वाभाविक भएको बताए । पार्टीका कतिपय केन्द्रीय सदस्यले चुनावमा विचार नमिल्ने कम्युनिष्टसँग गठबन्धन गर्न नहुने धारणा राखेपछि खड्काले यस्तो धारणा राखेका हुन् ।

‘विचार नमिल्ने देशसँग त गठबन्धन भएको छ भने मुलुकभित्र हुँदैन भन्ने होइन्’, उनले भने, ‘गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको छ, गठबन्धन गरेर जाँदा पार्टीलाई पनि घाटा छैन्, स्थानीय तह निर्वाचनमा पनि गठबन्धन गर्दा राम्रो नतिजा आएको छ, संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानु पर्छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रो काम गरेको दाबी गरे । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको उपस्थिति दर्बिलो भएको जिकिर गरे ।

उनले एमसीसी पास भएर नेपालको अन्तर्राष्ट्रिय छवि उज्यालिएको दाबी गर्दै एसपीसी भने अघि नबढ्ने स्पष्ट पारे ।

प्रतिक्रिया