नेप्से परिसूचक ७.९३ अंकले बढ्यो, १ अर्ब ४५ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक दुई हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो ।
दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
शुक्रबार आव २०७८–७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक दुई हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् ।
कारोबारमा आएका २३१ धितो पत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५.३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी, दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४.७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक शेयर खरिद बिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरिद बिक्री भएको हो ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरिद बिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यसैगरी, समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १.६८ प्रतिशत घटेको हो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया