शुक्रबार, माघ २, २०८२

भिभो वाई २० को मूल्य घट्यो, नयाँ मूल्य कति ?

मेरोन्यूज २०७९ असार ३१ गते १७:१६

काठमाडौँ । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनमार्फत प्रयोगकर्ताको जीवन शैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । भिभोले आफ्ना उत्पादन सबैका लागि पहुँच योग्य बनाउन ग्राहकलाई विभिन्न अफर प्रदान गर्छ ।

यसले प्रयोगकर्ताबाट भिभोले धेरै माया र समर्थन पाइरहेको छ । यसका साथै, ब्राण्डले आफ्ना उत्पादनमा ग्राहकहरूको आवश्यकता अनुरूप मूल्य परिमार्जन गर्दछ ।

ग्राहकको आवश्यकता पूरा गर्दै, भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४जीबी प्लस ६४ जीबी भेरियन्टमा १८ सयले मूल्य घटाएको छ । यो स्मार्टफोनको नयाँ मूल्य २१ हजार रुपैयाँ रहेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्छन् ।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताले स्टुडियो गुणस्तरको तस्वीर खिच्न सक्छन् । वाई २० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टर लगायत धेरै क्यामेरा विशेषता छन् ।

साथै, वाई २० मा पाँच हजार एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि रहेको छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । ४ जीबी र्याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड माउण्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ । जसले प्रयोगकर्तालाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।

प्रतिक्रिया