सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
मेरोन्यूज
२०८२ पुष ३० गते २१:०७

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई कारबाही गरेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा लागेका बेला भृकुटीमण्डपमा केहीबेरमा नयाँ नेतृत्व घोषणा गर्ने तयारी छ ।
नेताहरूका अनुसार, सहमतिमा नै केन्द्रीय कार्यसमिति घोषणा गर्नेगरी तयारी अघि बढेको छ ।अहिले कमलपोखरीस्थित एक होटलमा नेताहरू आन्तरिक छलफलमा छन् । एक नेताले दिएको जानकारी अनुसार, सोही छलफलमा महामन्त्री गगन कुमार थापा पनि पुगेका छन् ।
उक्त छलफलमा प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, डिल्लिराम सुवेदी लगायत छन् ।
सम्बन्धित














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया