कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन : डा कोइराला

चितवन । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रीय सदस्यले संघीयता र धर्म निरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए ।
शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।
गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।
स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।
फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।
१४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।
‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।
रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यबृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया