युएन मिसनको फोर्स कमान्डरमा उपरथी थापा नियुक्त
मेरोन्यूज
२०७९ असार ३२ गते १९:१०

काठमाडौं । संयुक्त राष्ट्र सङ्घ (युएन)ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेको छ । युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने गरी फोर्स कमान्डर नियुक्त गरेको हो ।
शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।
सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ ।
सम्बन्धित
















प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया