बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

भैरहवा । सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा जिल्लाका विभिन्न ठाउँबाट सो सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला भित्र सरकारी नम्बर प्लेटका सवारी साधनहरू पास बिना चलाइएको पाएपछि विभिन्न ठाउँमा चेकजाँच गरेका थियौ । दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे १९ वटा सवारी साधनहरूलाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । उनीहरूलाई पहिलो पटक सचेत गराइएको र अव उप्रान्त सम्बन्धित कार्यालय वा अधिकारी बाट पास लिएर मात्र सार्वजनिक बिदाको दिन चलाउन हुन अनुरोध गरिएको प्रवक्ता पौडेलले भने ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाका दिन प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन गर्न नपाउने व्यवस्था छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया