बाबुरामको पार्टी पद जाने, सांसद पद नजाने

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जाेगिने भएको हो ।
‘बाबुरामजीलाई पार्टीको जिम्मेवारीवाट मुक्त गरिए पनि सांसद पदवाट भने मुक्त गरिएको छैन्, अहिले त्यो दिशामा पार्टी जाँदैन्,’ अध्यक्ष यादवले भने, ‘आत्माआलोचना गरेर फर्केमा उहाँ लगायतलाई पार्टीको जिम्मेवारीमा पुर्नस्थापित गरिनेछ ।’ उनका अनुसार काठमाडौंको जडिबुटीमा भएको भेलालाई भने पार्टीले मान्यता दिनेछैन ।
काठमाडौंमा अलग्गै केन्द्रिय समिति बैठक बोलाएको भन्दै वीरगञ्जमा बसेको केन्द्रिय समिति बैठकले भट्टराई, महेन्द्रराय यादव, हिसिला यमी, दानबहादुर चौधरी, डम्बरबहादुर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्तसिंहलाई पार्टीको सम्पूर्ण जिम्मेवारीवाट मुक्त गरेको थियो ।
तर, यादव पक्षले पार्टीको जिम्मेवारीबाट मुक्त गरेपछि भट्टराईले भने पार्टी पुर्नगठनको दिशामा जाने सार्वजनिक गरिसकेका छन्।
यता, भट्टराई पक्षलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको बिषय जानकारी गराउनका लागि यादव पक्षधर सम्भवतः आजै निर्वाचन आयोग जानेछ ।
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया