भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

नयाँ दिल्ली । भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।
यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलब ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।
कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन् भने ८७ प्रतिशतले दुवै डोज लिएका छन् ।
आवर वल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलब १ प्रतिशले कोभिडविरुद्धको खोप लगाएका छन् । यस हप्ता केन्द्रिय स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ । अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन् ।
कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीब्र पारेको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया