भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

नयाँ दिल्ली । भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।
यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलब ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।
कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडको पहिलो डोज खोप लगाएका छन् भने ८७ प्रतिशतले दुवै डोज लिएका छन् ।
आवर वल्ड इन डाटाका अनुसार विश्वको कुल जनसंख्याको ६२ दशमलब १ प्रतिशले कोभिडविरुद्धको खोप लगाएका छन् । यस हप्ता केन्द्रिय स्वास्थ्य मन्त्रालयले १८ वर्ष र माथिका मानिसहरूलाई बुस्टर डोजका लागि ७५ दिनको खोप अभियान सुरु गरेको छ । अहिलेसम्म लक्षित जनसंख्याको १८ देखि ५९ वर्ष समूहका १ प्रतिशतभन्दा कमले बुस्टर डोज लगाएका छन् ।
कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियान तीब्र पारेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया