सेनाको विमान चार्टर भाडा उठाउने रकम दुई करोड पुग्यो

काठमाडौँ । नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकोप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठाउन नसक्ने भएको छ ।
प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकोप्टर तथा जहाज चार्टर गरेबापत उठाउन बाँकी रकम अहिले एक करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४-३५ देखि २०७७-७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा एक करोड ८९ लाख रुपैयाँ पुगेको उल्लेख गरिएको छ ।
‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७-७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४-३५ देखि २०७६-७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत एक करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ, बक्यौता रकम समितिको कार्य विधिअनुसार असुल गर्नु पर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।
नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतका लागि रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।
आर्थिक वर्ष २०७७-७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६-७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७-७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया