स्वास्थ्यमा क्रियाशील संगठनको माग सम्बोधन गर्न कार्यदल बन्ने

काठमाडौँ । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनको माग सम्बोधन गर्न ७ सदस्यीय कार्यदल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिने बताएका हुन् ।
‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनहरूको माग सम्बोधन गर्न कार्यदल गठन हुन्छ, कार्यदलले समस्या मात्रै होइन मन्त्रालयलाई सुझाव पनि दिनेछ, कार्यदलबाट तत्काल के गर्न सकिन्छ ? दीर्घकालीन के गर्न सकिन्छ ? ठोस योजना बन्नेछ,’ उनले भने, ‘त्यहीअनुसार अघि बढ्न सकिन्छ ।’
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका समस्या हल गर्न आफू निरन्तर स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनसँगै रहेर काम गर्दै आएको बताए । उनले आफ्ना हकहित जनतासँग जोडिने गरी काम गर्नु पर्ने बताए ।
स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठनको संयोजकसमेत रहेका नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीको माग सम्बोधनमा सरकार गम्भीर हुनु पर्ने र अन्तर मन्त्रालय समन्वय अहिलेको खाँचो रहेको बताए ।
पेशागत संघ संगठनका सदस्य सचिव माइकल देवकोटाले विगतमा भएको १९ बुँदे सम्झौता अक्षराशं पालना हुनु पर्ने बताए । उनले भने, ‘स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन र पेशागत संघ संगठन र मन्त्रालयका अधिकारीबीच स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, स्वास्थ्यलाई संघमा राख्ने, समायोजनलगायत विविध विषयमा सम्झौता भयो, ती सम्झौता कार्यान्वयन हुनु पर्ने देखिन्छ ।’
कार्यक्रमको सहजीकरण स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. संगीता कौशल मिश्राले गरेकी थिइन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया