झाङ्गियो भ्रष्टाचारः अख्तियारमा एक वर्षमा परे २४ हजारभन्दा बढी उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षको अवधिमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ती उजुरी परेका हुन् । सो अवधिमा कूल २४ हजार २४१ वटा उजुरी परेको अख्यिारले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २४१ उजुरी परेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।
‘कुल २४ हजार २४१ उजुरीहरु रहेको मध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिव ७०।५३ प्रतिशत हुन आउँछ,’ प्रवक्ता भण्डारीले भने ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् । गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए ।
आर्थिक वर्ष २०७७/७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा ९६४।२३ प्रतिशत० उजुरी पछर्यौट भएका थिए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया