गोरखामा जिपले ठक्कर दिँदा युवतीको मृत्यु
मेरोन्यूज
२०७९ साउन २ गते २१:२१
काठमाडौँ । गोरखामा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ । अजिरकोट गाउँपालिका ३ भच्चेक सडखण्डमा ग १ ज ४६८६ नम्बरको जिपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका २ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र ३–०३ पा ४८१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जिपले ठक्कर दिएको हो ।
मोटरसाइकलको पछाडि सवार मेलिना गम्भीर घाइते भएकी थिइन् । उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन् । जिपका चालक सिरानचोक गाउँपालिका ५ छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया