श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

कोलम्बो । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो ।
अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् । आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो ।
विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म संकटमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको छैन् । भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने बचन दिएको छ ।
गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।
श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ । प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन् । देशका २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन् ।










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया