जोरपाटीमा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो
मेरोन्यूज
२०७९ साउन ३ गते १३:१६

काठमाडौं । काठमाडौंको जोरपाटीमा मंगलबार लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।
माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई बोलाइएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया