सिनेम्याक्समा उल्फ एयरको मास्क जडान

काठमाडौँ । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपालकै ठूलो मानिएको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलमा उल्फ एयर मास्क जडान गरिएको छ ।
जसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसबाट सुरक्षा प्रदान हुने बताइएको छ । प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रस शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क एक हजार स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।
उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडि ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ः२२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो । जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ः४ युजी प्रति मेट्रिक क्युब देखाएको थियो ।
जडान गरेको ४ देखि ५ घण्टाभित्र उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए । उक्त प्रडक्टको जडान पश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्यमार्फत पनि थाहा पाउन सकिन्छ ।
जर्मन टेक्नोलोजी प्रयोग गरेर अल अबाउट इनोभेसन्स नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९ प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया