शनिबार, माघ ३, २०८२

सेयर बजार दोहोरो अंकले वृद्धि

मेरोन्यूज २०७९ साउन ३ गते १५:५१

काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयर बजार लगातार वृद्धि भएको छ । आज पनि नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से कारोबार १६.२० अंकले वृद्धि भई २०४५.६३ बिन्दुमा रोकिएको छ ।

मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८५ प्रतिशतले वृद्धि भएको छ ।

आज ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब २९ करोड ९३ लाखको कारोबार भएको छ । आज शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ९८ लाखको कारोबार भएको छ ।

यस्तै एभरेष्ट बैंकको १० करोड पाँच लाख र हिमालयन डिस्टिलरीको आठ करोड ४८ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया