शनिबार, माघ १०, २०८२

विराटनगरबाट अपहरित एक वर्षीया बालिकाको भारतको दरभंगामा सकुशल उद्धार

अपहरित बालिकाका बाबुकै प्रेमिका अपहरणकारी, अपहरणकारी महिला पनि प्रक्राउ

मेरोन्यूज २०७९ साउन ४ गते ९:२३

मोरङ । विराटनगरबाट दुई दिन अगाडी अपहरणमा परेकी एक वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । भारतको दरभंगाबाट प्रहरीले ति बालिकाको सकुशल उद्धार गरेको जनाएको छ । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा सोमबार अपहरणमा परेकी थिइन् । अपहरणकारी बालिकाको बाबु दीपेन्द्रको प्रेमिका रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।

यधपी बालिका र अपहरणकारीलाई अहिले विराटनगर ल्याउने क्रम चलिरहेकोले थप अनुसन्धानपछि बताउने प्रहरीले जनाएको छ ।


दीपेन्द्रको तीन वर्ष अगाडी ममता यादवसँग विवाह भएको थियो । त्यसपछि ममता अध्ययनका लागि काठमाडौं आएको र त्यही क्रममा दीपेन्द्रको अञ्जली साहसाग सामाजिक सन्जालमार्फत भेट भई प्रेम चक्कर चलेको र उनै प्रेमिकाले बालिका अपहरण गरेको खुलेको प्रहरीको भनाइ छ ।

अपहरणकारीले वालिकाको बाबुलाई बालिकालाई कपडा किनिदिने वाहनामा बोलाएर बालिकाको अपहरण गरेको खुलेको प्रहरीले बताएको छ ।

थप घटना विवरण आईसकेको छैन ।

प्रतिक्रिया