नेकपा एसका स्थानीय जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण
मेरोन्यूज
२०७९ साउन ४ गते १०:२१

काठमाडौं । सरकारमा रहेको नेकपा एकीकृत समाजवादीले गत स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ । आज देखि दुई दिनसम्म निर्वाचन जनप्रतिनिधीलाई त्यस्तो तालिम दिन लागिएको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा अध्यक्ष माधव नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन् । प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।
जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने प्रवक्ता जग्ननाथ खतिवडाले बताए ।
सम्बन्धित
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया