गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता गठबन्धनसँग सम्वन्धित विधार्थीहरुले संयुक्त रुपमा नेपाल राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् । अहिल क्रान्तिकारी, नेपाल विधार्थी संघ र एकीकृत समाजवादी निकटको अनेरास्ववियुले संयुक्त रुपमा कालो ब्यानर टाँसेका हुन् ।
आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेका हुन् । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ ।
यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए ।
गभर्नरको गलत नीतिका कारण अर्थ व्यवस्था संकटपूर्ण अवस्थामा पुगेको, उनको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै कांग्रेस र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
यसअघि आइतबार अखिल क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।
गभर्नरलाई बर्खास्त गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आजदेखि चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती संगठनले बर्खास्तीको माग गरेका छन् ।
आन्दोलनका कार्यक्रमहरूमा प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, राष्ट्र बैंकका कार्यालयमा कालो ब्यानर राख्ने, प्रज्ञा भवनमा कार्टुन प्रदर्शन गर्ने, देशभरका क्याम्पसमा विरोध गर्ने र सदनबाट गभर्नर बर्खास्तीको मागका लागि सांसदलाई दबाब दिनेसम्मका छन् ।















आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया