कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन् । सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले बताए ।
मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६ औँ बैठकको सुरुमै नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको असन्तुष्टि व्यक्त गरेका थिए ।
पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज फालिएको उनको भनाइ थियो । अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनाइएको सवाल पनि सदस्य शर्माले उठाएका थिए ।
संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियम विपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिजा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको औँल्याएका थिए ।
ती सवाल एवं विषयहरुमा उपयुक्त छलफल तथा निष्कर्ष नआउञ्जेलसम्म सदनमा उपस्थित नहुने धारणा व्यक्त गरेर सदन बहिष्कार गरेको माओवादीलाई सहमतिमा ल्याएर सदन सुचारु गर्न आज सर्वदलीय बैठक बोलाइएको सभामुख शाहीले बताए ।
















The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
काठमाडौँमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
बाँकेमा अनुहार नयाँ, दलका एजेण्डा भने पुरानै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया