नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

नयाँ दिल्ली । पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो ।
सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ ।
दिल्ली, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक, उत्तर प्रदेश, जम्मु कश्मीर र असमलाई उनको मुद्दामा जवाफ दिन भनिएको छ । नुपुर शर्माका वकिलले सर्वोच्च अदालतमा जुलाई १ गते अदालतको आदेशपछि उनको ज्यानको खतरा बढेको बताएका छन् ।
उनको सुरक्षामा बढ्दो खतरा छ । कुनै पनि मात्राको सुरक्षाले उनलाई मद्दत गर्न सकेन । अहिले वास्तविक खतरा छ । बंगालमा पनि उनीविरुद्ध एफआईआर छ’, नूपुर शर्माका वकिल मनिन्दर सिंहले भने ।
जुलाई १ गतेको सुनुवाईमा सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो टिप्पणीबाट देशमा तनाव पैदा गरेकोमा माफी माग्नुपर्ने भनेको थियो । ‘ देशमा के भइरहेको छ त्यसको लागि यी महिला एक्लै जिम्मेवार छन्’ न्यायाधीशहरूले भनेका थिए।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया